Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सर्लाहीमा सर्पदंशबाट महिलाको मृत्यु

सर्लाहीमा सर्पदंशबाट महिलाको मृत्यु

सर्लाही : सर्लाहीको कौडेना गाउँपालिका–२ फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । गोमन सर्पको डसाइपछि समयमा अस्पताल नपुग्दा स्थानीय एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय रवीन्द्र यादवकी श्रीमती ४२ वर्षीया नयनदेवी यादवलाई हिजो दिउँसो गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए । तर, अवस्था गम्भीर भएपछि मात्रै उनलाई अस्पताल ल्याइएको थियो ।

परिवारका सदस्यहरूले नयनदेवीलाई पछि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याए, तर अस्पताल पुगेका बेला चिकित्सकहरूले उनलाई मृत घोषित गरे । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बिरामीको मृत्यु भइसकेकाले सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन सम्भव भएन ।

प्रादेशिक अस्पतालले मृत घोषणा गरेपछि पनि परिवारले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याएका थिए । उपचार केन्द्रका इन्चार्ज तथा स्वास्थ्यकर्मी जगर्नाथ यादवका अनुसार बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान सुझाव दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij