Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, बैठकको अध्यक्षता पूर्णबहादुरले गर्ने

पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, बैठकको अध्यक्षता पूर्णबहादुरले गर्ने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन्।

उनी सहभागी नहुने भएपछि पदाधिकारी बैठकको अध्यक्षता पार्टी उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् । त्यसो त सभापति देउवा घाइतेपश्चात् अहिलेसम्म पनि सार्वजनिक भएका छैनन् । लामो समय सैनिक अस्पतालमा बसेर उपचार गराएका देउवा अहिले ललितपुरमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने- ‘सभापति बिरामी नै हुनुहुन्छ । उहाँ आउन नसक्ने हुँदा आज पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने कुरा छ।’

जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पनि आगजनीले ध्वस्त भएकाले पदाधिकारी बैठकको स्थान पनि निश्चित भइनसकेको मुख्यसचिव पौडेलले बताए । बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट