Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘गृहमन्त्रीज्यु, प्रहरीबाट लुटिएका हतियारहरू कहाँ छन् ?’

‘गृहमन्त्रीज्यु, प्रहरीबाट लुटिएका हतियारहरू कहाँ छन् ?’

काठमाडौं : नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रहरीबाट लुटिएका हतियारको विषयमा गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लुटिएका बन्दुक र गोली कहाँ र कोसँग छन् भन्ने जानकारी अहिलेका गृहमन्त्रीलाई “शतप्रतिशत” रहेको दाबी गरेका हुन् ।

बर्तौलाले गृहमन्त्री अर्यालमाथि जेनेरेसन जेडले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमा “सुनियोजित घुसपैठ” गराएर शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने आरोप समेत लगाए । उनका अनुसार, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुरु भएको आन्दोलनलाई कमजोर पार्न र बदनाम गर्न गृहमन्त्री स्वयम्‌ “चौबिसै क्यारेटका स्टेकहोल्डर” बनेका छन्।

बर्तौलाले लेखेका छन्, “हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू र व्यावसायिक भवनहरूमा तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट