Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विश्व दृष्टि दिवस मनाइँदै

विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ :‘आँखालाई माया गरौँ’ नारासहित बिहीबार विश्व दृष्टि दिवस मनाइँदैछ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ।

विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अर्ब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन्। विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन्।

विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ। दृष्टि तथा स्वस्थ दृष्टि र उपचार आजको विश्वका लागि ठूलो चुनौती भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट