Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘राज्यविरुद्धको अपराधमा गृहमन्त्रीलाई तत्काल गिरफ्तार गर्नुपर्छ’ : एमाले नेता बर्तौला

‘राज्यविरुद्धको अपराधमा गृहमन्त्रीलाई तत्काल गिरफ्तार गर्नुपर्छ’ : एमाले नेता बर्तौला

काठमाडौँ :  नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको दाबी गरेका छन्। ​बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीलगायतमा आगो लगाएर ध्वस्त बनाउन राष्ट्रविरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन्।

‘प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिशत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेक होल्डर हुन्’, उनले लेखेका छन्, ‘हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’

शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै पाएको बर्तोलाको दाबी छ।त्यसैकारण फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाण रहँदारहँदै पनि कानूनी कारबाही नगर्न लिखित निर्देशन दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट