काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताको बैठक बिहीबार बस्दैछ। कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बस्नेछ। तर कुन ठाउँमा भन्ने खुलाइएको छैन।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो। ‘केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने।
पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनः स्थापनाको मुद्दामा समेत बैठकमा छलफल हुनेछ। पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बोलाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij