काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० का दरले प्रोत्साहन रकम बताएका छन् । मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरूसँगको अन्तरसंवादमा उनले यस्तो बताएका हुन्।
उनले किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिने भनेर ७० रुपैयाँ दिने गरेको र गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम दिएको उनले जानकारी दिए । विगतमा किसानको रकम कटौती हुनुको कारण आफूलाई थाहा नभएको बताउदै योबर्ष ७० रुपैयाँ अनुदान माग गरेकाले तदनुसार भुक्तानी गर्ने उनले बताए।
उनले दुग्ध विकास संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको बताए। दशैँअघि ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले स्पष्ट पारे।
मन्त्री परियारले भने- ‘मन्त्री भएको भोलिपल्ट किसानले दूधको पैसा कहिले तिर्नुहुन्छ रु भन्नुहुन्छ। यस्तै अर्को समस्या उखु किसानको छ। प्रोत्साहन स्वरूप भनेर प्रतिक्वीन्टल ७५ रुपैयाँ भनेर सरकारले ७० रुपैयाँ दिइरहेको रहेछ। गत वर्ष त्यसलाई घटाएर ३५ रुपैयाँमा झारे। किसानहरूको माग ३५ रुपैयाँ किन घटाइयो हामीलाई ७० रुपैयाँ चाहियो भन्ने छ। किसानहरूको मर्का त हामीले बुझ्नुपर्यो नि।’
किसानले आफूलाई दूधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको उनले बताए। मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij