Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बालेन र सुदनविरुद्ध अनेरास्ववियु कैलालीले दियो जाहेरी

बालेन र सुदनविरुद्ध अनेरास्ववियु कैलालीले दियो जाहेरी

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिएका हुन् ।

उनले दिएको जाहेरी दर्ता हुन भने बाँकी छ । अखिलले बालेन र गुरुङविरुद्ध देशभरि जाहेरी दिने बताएको छ । आजदेखि सबै जिल्लामा किटानी जाहेरी दिने अनेरास्ववियुले जनाएको छ ।

यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट