Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

म्याग्दीमा १५ जना बोकेको जिप दुर्घटना

म्याग्दीमा १५ जना बोकेको जिप दुर्घटना

पोखरा : म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बाेलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij