सिराहा : जिल्ला प्रशासन कार्यालय सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय परिवर्तन गरेको छ । जिप्रका सिराहाका अनुसार सेवाग्राहीको अत्यधिक भीडका कारण आजदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान ७ बजेबाट नै सुरु गरिएको हो।
दसैँ मनाउन घर आएकाहरूले परिचयपत्र बनाउँदा कार्यालयमा चाप बढेको हो । सेवाग्राहीको चाप बढेकाले सेवाको समय अगाडि सारिएको जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जनाएका छन् ।
उनका अनुसार अहिले दुई सय ५० देखि तीन सय जनाले राष्ट्रिय परिचयपत्र बनाउने गरेका छन् । यो पहिलेको तुलनामा दोब्बर हो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि यही समय तालिका लागू हुने उल्लेख छ। कार्यालयले सेवाग्राहीलाई समयमै उपस्थित भई आवश्यक सेवा लिन अनुरोध समेत गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij