Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कपिलवस्तुमा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा डुबेर बालकको मृत्यु

बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका–३ लवनीका ९ वर्षीय बालक दुर्गेश कलवारको डुबेर मृत्यु भएको हो । उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बालकको शव पोखरीमा फेला परेको रातोपाटीलाई बताए । उनले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको छ ।

स्थानीय अशोक कलवारका छोरा दुर्गेश सोही ठाउँको नेचुरल लाइफ चिल्डेन एकेडेमीको युकेजीमा अध्ययनरत थिए । उनी मङ्गलवार दिउँसोदेखि हराइरहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij