Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दोलखाको देउरालीमा ठूलो पहिरो, ६ जना पर्यटक बीचमै अड्किए

दोलखाको देउरालीमा ठूलो पहिरो, ६ जना पर्यटक बीचमै अड्किए

काठमाडौँ : दोलखाको विगु गाउँपालिका–१ लप्चीको खराने खोलामा आज भीषण पहिरो खसेको छ। पहिरोका कारण माथि गएका ६ जना पर्यटक अड्किएका जनाइएको छ।

दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा भीषण पहिरो खस्दा लप्ची पुगेका ४ विदेशी पर्यटक र उनीहरुका गाईड २ जना नेपाली गरेर ६ जना लप्चीमानै अड्किएका छन्।

प्रहरीले तत्कालका लागि त्यसतर्फ जान रोक लगाएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोका अनुसार लप्ची पुगेर फर्किदै गरेका ६ जना पर्यटक पहिरोका कारण अड्किएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij