Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सर्वोच्चसहित देशभरका अदालत खुला

सर्वोच्चसहित देशभरका अदालत खुला

काठमाडौँ : सर्वोच्चसहित देशभरका अदालतहरू दसैँ बिदापछि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू आजदेखि खुलेका हुन् । जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च, विशेष र जिल्लासहित देशभरका अदालतहरूमा क्षति पुगेको छ । सर्वोच्चले यसअघि बन्दीप्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।

अदालतले घटस्थापना अघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोग पत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।

अब दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij