Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

राशि अनुसार यस्तो छ तपाइको आजको भाग्यफल

राशि अनुसार यस्तो छ तपाइको आजको भाग्यफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा झुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नसोचेको कार्य बन्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको साथ पाईनेछ। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नकारात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्ला सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथिको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रको सहायता गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामलाहरु सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ।सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहायता मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। व्यर्थको वादविवादमा परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुराना कार्यहरू सम्पादन गर्ने समय रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सल्लाह लिनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij