हेटौँडा : वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ। बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्ती क्षेत्रमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार विहानदेखि मार्ग एकतर्फी संचालनामा ल्याइएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका निकायका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्र पुगेका थिए र अनुगमन तथा व्यवस्थापनमा संलग्न भएका थिए।
गत शुक्रबार रातिदेखिकाे अविरल वर्षाले कान्ति लोकपथका धेरै ठाउँमा पहिरो खसेका थिए। प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीन ठूला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने सोमबार हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरो हटाइएका छन्।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जनाउँदै यात्रु तथा चालकहरूलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। लोकपथ सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौँ आवतजावत सहज हुने अपेक्षा गरिएको
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij