Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नेपालमा मनसुन बाहिरिन सुरु, केही दिनमै पूर्ण अन्त्य हुने विभागको अनुमान

नेपालमा मनसुन बाहिरिन सुरु, केही दिनमै पूर्ण अन्त्य हुने विभागको अनुमान

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले सोमबार एक ‘बुलेटिन’ जारी गरी जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij