हेटौँडा : असोज १८ र १९ गते आएको अविरल वर्षाका कारण मकवानपुरको बकैयामा अवस्थित लिफ्ट सिचाइ पावर हाउसमा क्षति पुगेको छ। बकैया गाउँपालिका–१२ ठिंगनबेंसीमा बागमती नदीको पानी तीन सय २५ मिटरभन्दा माथि उचाइमा तानेर सिँचाइ गर्न बनाइएको पावर हाउस बाढीले प्रभावित भएको हो।
ठिंगनबेंसी बागमती लिफ्ट सिचाइ जल उपभोक्ता समितिका अध्यक्ष रुपेन घलेका अनुसार पावर हाउसमा क्षति पुगेको छ र एक बिजुलीको पोल पनि बगाएको छ। पावर हाउस जोगाउन राखिएको ढुङ्गा र तारजारी बगाइएको छ भने पानी तान्नका लागि बनाइएको इनार पनि बाढीले बगाएको छ। अघिल्लो वर्षको असोज ११–१२ गतेको वर्षापछि पनि यहाँको इनार र पम्पमा क्षति पुगेको थियो।
तीन सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउनको लागि बागमती नदीबाट लिफ्ट सिँचाइको व्यवस्था गरिएको थियो। यो परियोजना बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय हेटौँडाबाट विनियोजन भएको बजेटमार्फत निर्माण गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij