Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रसुवामा अविरल वर्षापछि फसेका १२ जनाको नेपाली सेनाद्वारा उद्धार, ४ अझै बेपत्ता

रसुवामा अविरल वर्षापछि फसेका १२ जनाको नेपाली सेनाद्वारा उद्धार, ४ अझै बेपत्ता

काठमाडौँ  : लगातारको वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका १२ जनालाई नेपाली सेनाले सुरक्षित उद्धार गरेको छ। असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण ड्यामसाइड पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरिएका १२ जनालाई स्याफ्रुवेशी ल्याइ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सुरक्षित स्थानमा राखिएको छ। यद्यपि, चार जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले ड्यामसाइड, भाङ्गे झरना लगायत पाँच स्थानमा सञ्चालन गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा भक्तपुर मध्यपुरथिमिका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ हराएका छन्। सुरक्षाकर्मीहरूले निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij