Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

इन्द्रसरोवर–सेतीखानीमा अविरल वर्षापछि पहिरोले निर्माण सामग्रीमा क्षति

इन्द्रसरोवर–सेतीखानीमा अविरल वर्षापछि पहिरोले निर्माण सामग्रीमा क्षति

हेटौँडा :  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –१ स्थित सेतीखानी खोल्सानजिक पहिरोले पुरिएर स्काभेटरमा क्षति भएको छ । लगातार परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरोले पुरिएर स्काभेटरमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कलङ्की–मार्खुको भित्री सडकखण्ड निर्माण कार्यमा प्रयोग भएको लामा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि चाबहिल काठमाडौंको नाममा रहेको डोसन स्काइभेटर पार्किङ गरी राखेको अवस्थामा सडकमाथिबाट पहिरो खसी स्काइभेटर पुरिएर क्षति भएको हो ।

पहिरोमा मानवीय क्षति भने नभएको अस्थायी प्रहरी पोस्ट मार्खुका प्रहरी सहायक निरीक्षक रामप्रवेश महत्तोले जानकारी दिनुभयो । क्षति भएको स्काभेटरको नम्बर भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij