Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा, हेटौँडाबाट काठमाडौँ जाने मार्ग खुल्यो

अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा, हेटौँडाबाट काठमाडौँ जाने मार्ग खुल्यो

हेटौँडा  :  शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड मर्मतपछि पुनः सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलाले सडकको केही भाग कटान गरेपछि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार डोडारे खोलाले बगाएको सडक दुई दिन लगाएर मर्मत गरिएको छ। सोही सडक खण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिक गएको ठूलो पहिरो पनि हटाइएका छन्।

प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा आएपछि काठमाडौँ जाने सवारीसाधनलाई सो मार्ग हुँदै पठाउन थालिएको छ। उक्त सडक हेटौँडा र काठमाडौँ जोड्ने वैकल्पिक मुख्य मार्गहरूमध्ये एक हो।

यसअघि सोमबार बिहानैबाठ हेटौँडाबाट काठमाडौं पुग्नका लागि पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ र कुलेखानी–फाखेल सडकमार्ग सञ्चालनमा आएका थिए। तर, कान्तिलोकपथ अझै अवरुद्ध रहेको छ।

प्रहरीका अनुसार, कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको र आज साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस सडकको सञ्चालनले हेटौँडा–काठमाडौँ र प्रतिकूल मौसममा वैकल्पिक मार्गका रूपमा यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij