गुल्मी : रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याङ्की नजिक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्ड पुनः सञ्चालनमा आएको छ। आज बिहान चट्टानसहितको सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार, सुरक्षाकर्मी र स्थानीयको सहकार्यमा सडकमा थुप्रिएको ढुंगा र माटो पन्छाएपछि यातायात सेवा पुनः सुचारु गरिएको हो।
मदनभण्डारी राजमार्गको सो खण्डमा हाल २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने कार्य जारी रहेको छ। सम्बन्धित निकायले पहिरोका कारण पुनः अवरोध नहोस् भन्ने उद्देश्यले सडक क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij