चितवन : लगातार वर्षाका कारण रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो।
प्रहरीका अनुसार हाल सडकखण्डमा कुनै अवरोध छैन र सवारीसाधन सहज रूपमा आवतजावत गर्न सकिरहेका छन्। तथापि, सो क्षेत्रमा पहिरोको जोखिम अझै पनि कायम रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
गत केही दिनदेखि भएको अविरल वर्षाका कारण उक्त सडकखण्डमा पटक–पटक पहिरो खस्दा आवागमन अवरुद्ध हुँदै आएको थियो। नारायणगढ–मुग्लिन सडक देशकै महत्वपूर्ण राजमार्गमध्ये एक भएकाले यस मार्गको बन्दाबन्दीले देशभरका यात्रु र मालसामान ढुवानीमा असर पर्ने गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij