Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बडादशैँको टीका आज पनि लगाइँदै

बडादशैँको टीका आज पनि लगाइँदै

काठमाडौँ :  आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। आइतबार १७ घडी १२ पला अर्थात् दिउँसो १२ बजेर ५६ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

तर भारी वर्षा र अति भारी वर्षाका कारण बडादशैँको टिका प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरोले ठाउँठाउँमा बाटो अवरुद्ध भएपछि सरकारले लामो दूरीका यातायात बन्द गरेका कारण टिका लगाउन जान पाएनन् भने टीका लगाउन गएकाहरू त्यतै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij