Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धनगढीमा बस दुर्घटना, एक जनाको मृत्यु र १९ जना घाइते

धनगढीमा बस दुर्घटना, एक जनाको मृत्यु र १९ जना घाइते

धनगढी :  कैलालीको धनगढीमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९०७ नम्बरको बस धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते धनगढी उपमहानगरपालिका–४ का ६० वर्षीय गणेश शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा बसका यात्रुसहित पैदलयात्री पनि घाइते भएका छन्। उनीहरूलाई धनगढीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्रहरीका अनुसार स्कुटरलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij