Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

उदयपुरमा खोलामा बगेर तीन वर्षीया बालिकाको मृत्यु

उदयपुरमा खोलामा बगेर तीन वर्षीया बालिकाको मृत्यु

गाईघाट :अविरल वर्षासँगै उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीस्थित अम्मि खोलामा आएको बाढीले बगाउँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय उज्जन राईकी छोरी रेविका राई खेल्ने क्रममा एक्कासि आएको बाढीले बगाएको वडा अध्यक्ष उध्दव थापाले जानकारी दिनुभयो। करिब डेढ किलोमिटर तल मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पताल पठाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij