Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौं जाने सवारी आवागमन अवरुद्ध

वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौं जाने सवारी आवागमन अवरुद्ध

चितवन : अविरल वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमार्फत काठमाडौंतर्फ सवारीसाधनको आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

प्रहरीले पहिरो पन्छाउने कार्य भइरहेको र मौसमको स्थिति अनुकूल भएलगत्तै सडक खुलाउने तयारी भइरहेको जनाएको छ ।

यसैबीच नारायणघाट–मुग्लिन हुँदै पोखरातर्फको सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । तर, मनसुन अझै सक्रिय रहेकाले उक्त सडकखण्डमा जुनसुकै समयमा पुनः अवरोध हुन सक्ने भन्दै सवारी चालक र यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij