Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यस्ता छन् राति सुत्नुअघि मनतातो दूध पिउनुको फाइदा

यस्ता छन् राति सुत्नुअघि मनतातो दूध पिउनुको फाइदा

काठमाडौँ : राति सुत्नुअघि मनतातो दूध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । मनतातो दूध पिउनाले थकान त कम हुन्छ नै राम्रो निद्रा पनि लाग्छ । त्यसैले अनिद्राबाट पीडित व्यक्तिहरूले सुत्नुअघि मनतातो दूध पिउनु पर्छ । आजको यस लेखमा हामी राति सुत्नुभन्दा अघि मनतातो दूध पिउनुका फाइदाहरू बत्ताउनेछौँ ।

हड्डी र मांसपेशी बलियो हुन्छ

दूधलाई क्याल्सियम र भिटामिन डीको उत्कृष्ट स्रोत मानिन्छ । क्याल्सियम र भिटामिन डी हड्डीहरूका लागि निकै जरुरी छ । हरेक रात सुत्नुअघि एक गिलास दूध पिउने बानीले हड्डीहरूलाई बलियो बनाउँछन् र ओस्टियोपोरोसिस (हड्डी कमजोर हुने)को जोखिम पनि कम गर्छ । मनतातो दूधमा रहेको प्रोटिन मांसपेशीहरूको लागि लाभदायक मानिन्छ ।

तनाव कम गर्ने

राती मनतातो दूध पिउनाले तनाव कम गर्न मद्दत गर्छ । मनतातो दूध पिउनाले दिमागलाई शान्त बनाउँछ र राम्रो निद्रा लाग्छ । निद्रा राम्रो भयो भने यसले तनाव कम घटाउँछ र दिमागलाई स्वस्थ राख्छ ।

कब्जियतबाट राहत

तातो दूध पाचन प्रणालीको लागि राम्रो मानिन्छ । दूध पिउनाले कब्जियतबाट राहत मिल्छ । कब्जियतबाट पीडित व्यक्तिहरूले राती मनतातो दूध पिउनुपर्छ । यसले बिहान पेट सफा पार्न मद्दत गर्नेछ ।

कसरी खाने दूध ?

तातो दूध धेरै तरिकाले सेवन गर्न सकिन्छ । तपाईंले यसमा बेसार वा सखर मिसाएर पनि खान सक्नुहुन्छ । धेरै मानिसहरू महसँग तातो दूध पिउन रुचाउँछन् । एउटा भाडामा एक गिलास दूधलाई हालेर यसलाई तताउन चुलोमा राख्नुहोस् । दूध तातो भएपछि यसमा थोरै बेसार हाल्नुहोस् अनि राम्रोसँग मिलाउनुहोस् । तपाईँलाई गुलियो मनपर्छ भने दूधमा मह मिसाएर पनि खान सक्नु हुन्छ ।

(अस्वीकरण: सल्लाह सहितको यो सामग्री अनलाइन सामाग्रीका आधारमा तयार पारिएको हो । यसले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन ।)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij