काठमाडौँ : समय अगावै छाला खुकुलो हुने अनि चाउरी पर्ने समस्याबाट चिन्तित हुनुहुन्छ ? छालालाई कसिलो बनाउन महँगो सौन्दर्य उत्पादनबारे चिन्ता गर्न वा पार्लर धाउन छाड्नुहोस् । आजको यस लेखमा हामी यस्ता केही घरेलु उपचारहरूबारे कुराकानी गर्नेछौँ जसले छालालाई कसिलो बनाउन त मद्दत गर्छ नै यसले छालालाई प्राकृतिक चमक पनि दिनेछ ।
पाकेको केराको फेसप्याक
–एउटा पाकेको केरा लिनुहोस् । अनि यसलाई राम्रोसँग मिच्नुहोस् । यसो गर्दा केरामा एउटा पनि गाँठो बाँकी रहनु हुन्न ।
–तपाईंको छाला संवेदनशील छैन भने, १ चम्चा मह र केही थोपा कागतीको रस पनि यसमा मिलाउन सक्नु हुन्छ ।
–यो प्याकलाई आफ्नो अनुहार र घाँटीमा लगाउनुहोस् ।
–यसलाई २०–३० मिनेटको लागि अनुहारमा छोड्नुहोस् ।
–त्यसपछि मनतातो पानीले मुख राम्रोसँग धुनुहोस् ।
–हप्तामा १–२ पटक यो प्याक प्रयोग गर्नुहोस् ।
–यो प्याकले तपाईंको छालालाई नरम र बलियो बनाउनेछ ।
कफी र नरिवलको तेलको स्क्रब
– १ चम्चा नरिवलको तेलमा १ चम्चा कफी पाउडर मिसाउनुहोस् ।
–यो मिश्रणलाई आफ्नो अनुहार र घाँटीमा गोलाकार मोशनमा बिस्तारै मालिस गर्नुहोस् ।
–मसाज गरेपछि ५–१० मिनेटसम्म यसलाई छोड्नुहोस् ।
– त्यसपछि मनतातो पानीले मुख धुनुहोस् ।
– यो फेसप्याकलाई पनि हप्तामा १–२ पटक प्रयोग गर्नुहोस् ।
– यो स्क्रबले मृत छालाका कोषहरूलाई त हटाउँछ नै छालालाई कसिलो बनाउन पनि मद्दत गर्नेछ ।
काँक्रोको रस
– काँक्रो कोरेर यसको रस निकाल्नुहोस् ।
– यो रसलाई आफ्नो अनुहारमा लगाउनुहोस् ।
– यसलाई अनुहारमा १५–२० मिनेटसम्म छोड्नुहोस् ।
– अन्तमा, चिसो पानीले मु राम्रोसँग धुनुहोस् । तपाईंले ताजा महसुस गर्नुहुनेछ ।
अस्वीकरणः यो लेख अनलाइन जानकारीका आधारमा तयार पारिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij