Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

चितवन उद्योग संघ रत्ननगर समितिको शुभकामना आदान कार्यक्रम सम्पन्न

चितवन उद्योग संघ रत्ननगर समितिको शुभकामना आदान कार्यक्रम सम्पन्न

चितवन : चितवन उद्योग संघ रत्ननगर समितिले विजय दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा उद्योगी, व्यवसायी र समितिका सदस्यहरू बीच शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रूपमा इलाका प्रहरी प्रमुख डिएसपी सुवास भट्टलाई समितिका अध्यक्ष सुवासचन्द्र गौतमसहित अन्य सदस्यहरूले फूलमाला र गुञ्ज्छा दिएर स्वागत गरेका थिए।अध्यक्ष गौतमले कार्यक्रममा बोल्दै भने, "आजको आवश्यकता उद्योगमैत्री सुरक्षा हो।

यसले उद्योगीलाई सुरक्षित र आत्मविश्वासी बनाउँछ, जसले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउँछ।" उनले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन र सक्रियता देखाउन उद्योगीहरूको आग्रह गरे।डिएसपी भट्टले आफ्नो मन्तव्यमा भने, "म मात्र उद्योगीहरूको सुरक्षा मात्र नभएर, सबै क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नयाँ रणनिती अगाडि बढाउनेछु।"समितिका उपाध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिएका थिए। यस अवसरमा चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष गजेन्द्र अधिकारी, गोविन्दप्रसाद खनाल, उमाकान्त पौडेल लगायतका प्रतिष्ठित व्यक्तिहरूले शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रमले उद्योगी, व्यवसायी र सुरक्षाकर्मीहरू बीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij