काठमाडौं : जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले सम्हालेका छन्। आइतबार कार्यालय परिसरमा पुगेका बोगटीले औपचारिक रूपमा कमाण्ड ग्रहण गरेका हुन्।
यसअघि ललितपुर प्रहरी प्रमुखका रूपमा कार्यरत श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। जेनजी प्रदर्शनका क्रममा ललितपुरका विभिन्न प्रहरी युनिटमा आगजनी र लुटपाटका घटनापछि नेतृत्वमा परिवर्तन गरिएको हो।
यस्तै, एसएसपी शिव श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा सरुवा गरिएको छ। श्रेष्ठ यसअघि धरानस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij