Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अर्घाखाँचीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

बुटवल : बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।लु १ ज ४७२३ नम्बरको गाडी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा टारीमा दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार गाडी उकालो घुम्तीबाट सडक छेउबाट तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झलकप्रसाद शर्माका अनुसार मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ का १० वर्षीय अरूणा थापा र सोही गाउँपालिका-७ का १३ वर्षीय नारायण पौडेल रहेका छन् । घटनामा गम्भीर घाइते तीन जनासहित अन्य सामान्य घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ।गाडीमा करिब २५ जना यात्रु सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij