गाेरखा : मनकामना केबलकार प्रा.लि. आफ्ना सम्मानित सेवाग्राहीहरूलाई जानकारी गराउन चाहन्छ कि यस वर्षको महानवमी ९असोज १५ गते, अक्टोबर १०, विजया दशमी ९असोज १६ गते, अक्टोबर २० तथा एकादशी ९असोज १७ गते, अक्टोबर ३० का अवसरमा केबलकार सेवा सञ्चालन नहुनेछ। यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनी यसप्रति क्षमाप्रार्थी रहन्छ।
नियमित सेवा असोज १८ गते ९अक्टोबर ४०, शनिबारदेखि पुनः सुचारु हुने जानकारी गराइन्छ। कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ। यस अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij