Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

धनगढीमा ६० लाखको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

धनगढीमा ६० लाखको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

धनगढी : कैलालीको धनगढीमा ६० लाख रुपियाँ लगानीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–२, भन्सार रोडमा स्थापित यो केन्द्रले स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरमैला व्यवस्थापन गर्नेछ।

यूएनडिपीको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोगमा केन्द्र निर्माण गरिएको हो। केन्द्रमा सङ्कलन भएका फोहोर ‘अटो–क्लेभ मेसिन’मार्फत उच्च तापक्रम र प्रेसरमा राखेर निसङ्क्रमित गरिनेछ, जसले फोहोरमैला भित्रका जीवाणु पूर्ण रूपमा नष्ट गर्नेछ।

धनगढी उपमहानगरपालिकाभित्र हाल १७१ स्वास्थ्य संस्था रहेका छन्, जसमध्ये २१ संस्थाले उपमहानगरपालिकाभित्र सेवा दिइरहेका छन्। यी संस्थाबाट दैनिक ठूलो मात्रामा स्वास्थ्यजन्य फोहोर उत्पन्न हुने गर्दछ। अब स्रोतमै फोहोर पृथकीकरण गरिने र घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोलासमेत सुरक्षित व्यवस्थापन गरिने योजना छ।

हेकाफ ३६० का कार्यकारी निर्देशक मोचन भट्टराईका अनुसार, यस केन्द्रको स्थापना स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ। प्रारम्भिक वित्तीय अध्ययन अनुसार स्वास्थ्य संस्थाले प्रति किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि ४३–५८ रुपियाँ सेवा शुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij