Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक

गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन अध्यक्ष ओलीले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।

जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएको अवस्थामा ओलीले दिने जवाफ र एमालेले लिने नयाँ रणनीतिबारे कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट