Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

माओवादी केन्द्रले परिवारवाद अन्त्य गर्ने निर्णय, नेताहरूको सम्पत्ति छानविनका लागि आयोग गठन

माओवादी केन्द्रले परिवारवाद अन्त्य गर्ने निर्णय, नेताहरूको सम्पत्ति छानविनका लागि आयोग गठन

काठमाडौँ  : नेकपा (माओवादी केन्द्र)को असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्र परिवारवाद र विलासी जीवनशैली अन्त्य गर्ने ठोस निर्णय गरेको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कार्यविधि बनाएर नेता तथा कार्यकर्ताका परिवार र जीवनशैलीबारे निर्णय लिनका लागि योजना तय गरिएको छ।

बैठकले केन्द्रीय कार्यालय र सचिवालयमा परिवारका सदस्य नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्ने निर्णय पनि गरेको छ। साथै, पार्टीभित्र बढ्दो नेपोटिजमलाई नियन्त्रण गर्न महाधिवेशन आयोजक समिति गठन गरिएको छ।

नेताहरूको जीवनशैली, कार्यशैली र साँस्कृतिक आचरणलाई निश्चित दायराभित्र ल्याउने विषयमा प्रचण्डले जोड दिएका छन्। बैठकले नेताहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ, जसले जनस्तरबाट सुझाव लिएर दोषीमाथि कारबाहीको सिफारिस गर्नेछ।

पूर्वपदाधिकारी र सचिवालयमा रहेका ‘जोडी नेताहरू’लाई अलग गर्ने निर्णय भएको छ। पार्टीभित्र परिवारवाद र विलासी जीवनशैलीका कारण योग्य नेताहरू पछि पर्ने अवस्था रहेको र अब आगामी महाधिवेशनबाट यी समस्या समाधान हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट