Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

अर्थमन्त्री खनाल र जापानी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल

अर्थमन्त्री खनाल र जापानी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयका अनुसार भेटमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था तथा जापानले पुर्‍याउँदै आएको आर्थिक–सामाजिक सहयोगबारे विस्तृत छलफल गरिएको छ।

अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु भएको स्पष्ट गर्दै, पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कामलाई निरन्तरता दिइने बताए।

भेटमा हाल निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना र तनहुँ जलविद्युत् आयोजना लगायतका प्रमुख सहकार्य परियोजनाबारे छलफल भएको थियो। साथै, कोटेश्वर चोक सुधार आयोजना तथा सिन्धुली सडक पुनःस्थापना कार्यक्रमजस्ता आगामी परियोजनाबारे पनि विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटमा अर्थ सचिव घनश्याम उपाध्याय पनि उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट