Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

एमालेले ओलीलाई अब अघि नलगाओस : प्रभु साह

एमालेले ओलीलाई अब अघि नलगाओस : प्रभु साह

काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक एवम् दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा भेला गर्नुको साटो सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिंदा ओली स्वयमको हित हुने सुझाव दिए ।

सार्वजनिक रुपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा हठ, घमण्ड र अहंकार अझै कायमै रहेनु बिडम्बनापूर्ण रहेको उनको भनाइ छ । साहले एमालेले ओलीलाई अब अघि नलगाओस पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट