Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी

डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तान गर्न सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ ।

प्रकाशित सूचना अनुसार नै २१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ । सूचनामा भनिएको छ ।

तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

553501936_781872351347090_4449979825182717001_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij