Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आन्दोलनपछि गृहनगर पुगेका नेता निधिद्वारा आगलागी स्थलहरूको अवलोकन

आन्दोलनपछि गृहनगर पुगेका नेता निधिद्वारा आगलागी स्थलहरूको अवलोकन

जनकपुरधाम : जेनजी आन्दोलनपश्चात पहिलोपटक गृहनगर धनुषा आइपुगेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले शनिबार आन्दोलनका क्रममा आगो लगाइएका विभिन्न स्थलहरूको अवलोकन गरेका छन् ।

आज जनकपुरधाम आएका नेता निधिले सबैभन्दा पहिले धनौजी गाउँपालिकामा गएर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनी मधेस प्रदेशसभा भवन पुगेर आन्दोलनका क्रममा आगो लगाएर क्षति पुर्‍याइएका स्थानहरूको अवलोकन गरेका छन् ।

निधिले आजै आन्दोलनमा क्षति भएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्यालय, मधेस प्रदेश कार्यालय, नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको निवास, कांग्रेस नेता एवं पूर्वमन्त्री महेन्द्र यादवको घर, एमाले नेता दिपेन्द्र ठाकुरको घर, कांग्रेस नेता रामकृष्ण यादवको घरलगायत विभिन्न स्थल अवलोकन गरेका छन् ।नेता निधि जनकपुरधाम मिल्स एरियास्थित आफ्नै निवासमा केही समय बिताएर उनले आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट