काठमाडौँ : राप्रपाको जेन-वाई समूहले माइतीघरमा जेनजी आन्दोलनका ७५ जना सहिदको सम्झनामा १५ मिनेट मौनधारण गर्दै सहिदका माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिएको छ ।
शनिबार माइतीघरमा आयोजित कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्कीसहित ४० वर्षमुनिका ७५ जना सहभागी भएका थिए ।राप्रपाको जेन वाई समूहले चेतावनी दिँदै सहिदका माग पूरा नभए फेरि देशले थप क्षति बेहोर्नु पर्ने बताएका छन् । समूहले सरकारलाई लक्षित गर्दै विभिन्न प्रश्नहरू सोधेको छ ।
‘हत्यारा र भ्रष्टाचारीमाथि कारबाही कहाँ छ ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कहाँ छ ? संविधान पुनर्लेखन कहाँ पुग्यो ? प्रदेश खारेजी किन भएन ? र राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना कहाँ भयो ?,’ भन्दै प्रश्न सोधिएका छन् ।
जेन-वाईले आफ्नो माग ९० प्रतिशत जेनजी आन्दोलनसँग मिल्दोजुल्दो रहेको स्पष्ट पार्दै, भ्रष्टाचारलाई ‘आमाको रगत खानु सरह’ अभिव्यक्त गर्दै सरकारप्रति तीव्र असन्तोष व्यक्त गरेको छ।समूहले नयाँ राजनीतिक सहमति आवश्यक रहेको र सहिदको बलिदान व्यर्थ हुन नदिन माग पूरा गर्न सरकारलाई पुनः सचेत गराएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij