काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन्।शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए।
घाइतेहरुले आफ्ना मागहरू पूरा गर्न मन्त्री पुनसँग माग गरेका छन्। देशका लागि रगत बगाएको भन्दै घाइतेहरूले सुशासनका लागि काम गर्न आग्रह गरेका थिए।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने एक हजार बढी घाइते भएका छन्।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij