काठमाडौं : नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको जानकारी दिएको हो ।
विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सो आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे।
उनले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गरे। तर अब थप अरू दुर्घटना नभएको त्यसमा सुधार आउने पर्यटन बोर्डको आँकलन छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij