काठमाडौँ : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् ।शनिबार युवा संघले आयोजना गरेको कार्यक्रममा उनले आरोप विपरीत आफू बालुवाटारमै घटना रोकियोस् भन्ने कामना गर्दै बसेको दाबी गरेका हुन् ।
‘बालुवाटारमा सोधेर बसिरहेको थिएँ—क्याजुअल्टी नहोस् भनेर। तर पछि गोली चलेको सुनेँ। कसरी त्यो तहमा पुग्यो भनेर मैले सोधेको पनि छु,’ ओलीले भने,’१४ जनाको मृत्यु भएको सुनेँ, टाउकामा छातीमा गोली लागेको सुनेँ। हाम्रो सुरक्षाकर्मीले टाउकामा छातीमा गोली हान्दैन।’
दुःखद घटनाबाट आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै उनले त्यतिबेला न्यायिक छानबिन गराउने घोषणा गरेको स्मरण गरे। ‘म आफैँ अत्यन्त दुखी भएको छु। त्यसैले छानबिन गराउँछु भनेको थिएँ,’ उनले जोड दिए।
ओलीले आफूले कुनै आदेश नदिएको र घटनाबारे जानकारीसमेत नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको खुलासा गरे। ‘प्रधानमन्त्रीले न गोली चलाउन आदेश दिन्छ, न थाहा पाउँछ। यतापट्टी स्पष्ट हुन आवश्यक छ,’ उनले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij