काठमाडौँ : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विदेशीको गोटी बनेर संविधान जलाउने खेलमा लागेको आरोप लगाएका छन् ।उनले आफ्नो पार्टीले उक्त खेललाई पुरा हुन नदिने उल्लेख गरे ।
शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालेनको खेल सफल हुन नदिने समेत जिकिर गरे।
बस्नेतले भने, ‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ। युवा संघ छ। कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन्। हामी लोकतन्त्र मार्न दिँदैनौं। हामी संविधान जलाउन दिँदैनौं िहामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij