काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती गरिएको बताएका छन् । जेनजी आन्दोलनपछि आज (शनिबार) भक्तपुरको गुन्डुमा पहिलोपटक सार्वजनिक भएका उनले यस्तो बताएका हुन् ।राष्ट्रिय युवा संघले आयोजना गरेको खुल्ला भेटघाट कार्यक्रममा बोल्दै उनले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध झोले भन्दै ट्रेन चलाएको भन्दै असन्तुष्टि जनाए ।
उनले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने गरेको बताए । उनले देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन चलाइहाल्ने प्रवृत्ति बढेको बताए ।
त्यस्तै, निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न समेत गरे । उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे ।उनले फेरि एमाले नेतृत्वको सरकार आउने दाबी समेत गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij