Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ललितपुर प्रहरी प्रमुखमा होबिन्द्र बोगटी सरुवा, अरु को कहाँ पुगे ?

ललितपुर प्रहरी प्रमुखमा होबिन्द्र बोगटी सरुवा, अरु को कहाँ पुगे ?

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका केही एसएसपीको सरुवा गरेको छ ।जेनजी आन्दोलनमा उपत्यका तीन जिल्ला मध्ये काठमाडौं र भक्तपुरका प्रहरी प्रमुख हटाइएपछि ललितपुर प्रहरी प्रमुख पनि फेर्ने तयारी गरेको मन्त्रालयस्रोतले जनाएको छ ।ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय पठाएर ललितपुरमा सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख होविन्द्र बोगटी जाँदैछन् ।

सीआईबीमा कर्णाली प्रदेश प्रहरीबाट शिवकुमार श्रेष्ठ खटाइदैछन् । जिम्मेवारी हेरफेरको खबर प्राप्त भइसकेको र आफू जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको ललितपुरका एसएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij