Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

युलेन्स स्कुल अध्यक्ष पदबाट आरजु राणाको राजीनामा

युलेन्स स्कुल अध्यक्ष पदबाट आरजु राणाको राजीनामा

काठमाडौं : युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेकी नेपाली कांग्रेस नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छन्।

काठमाडौंमा अभिभावकको बैठकमार्फत उनले पद त्याग गरेको जानकारी दिइएको हो। एक अभिभावकले बताएअनुसार राणाले काठमाडौं र ललितपुरस्थित दुवै युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। आगलागीका कारण स्कुल पूर्ण रूपमा नष्ट भएको थियो। तर, राणा उक्त स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्।

उनको राजीनामापछि विद्यालयको नयाँ नेतृत्व चयनबारे छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट