Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

ओलीको दाबी : “यदि पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना थियो”

ओलीको दाबी : “यदि पाँच मिनेट ढिला भएको भए मलाई मार्ने र देउवालाई घाइते बनाउने योजना थियो”

काठमाडौं  : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ मा बालुवाटारबाट निस्कन पाँच मिनेट मात्र ढिला भएको भए आफूलाई मार्ने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको दावी गरेका छन्।

भक्तपुरको गुण्डुमा डेरा गरी बसेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा उक्त घटना सुनाएका हुन्। उनी अनुसार प्रदर्शनकारीहरूका केही समूहले ‘शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने’ योजना बनाएका थिए।

‘यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए,’ ओलीले भने। उनले थपे कि अचानक सत्ता पल्टिने घटना भएकाले आफूले तयारी गर्न पाइएन र त्यसका कारण जोखिम झेल्नु परेको हो।

ओलिले आफ्नो सुरक्षा व्यवस्थाप्रति पनि शंका व्यक्त गरे, ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो,’ उनले पासाङसहितको समूहलाई बताए।

यो दाबीले हालको राजनीतिक घटनाक्रम र विरोध प्रदर्शनसँग सम्बन्धित सुरक्षा र सञ्चार प्रणालीबारे नयाँ प्रश्नहरु उठाएको छ। पार्टीका नेताहरु र सम्बन्धित पक्षले यसबारे प्रतिक्रिया दिएका छैनन् र घटना सम्बन्धमा थप विवरण आउनुपर्छ भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट