काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विश्व बैंकका क्षेत्रीय निर्देशक ९नेपाल, माल्दिभ्स र श्रीलंका० डेभिड एन। सिस्लेनसँग शिष्टाचार भेट गर्नु भएको छ । भेटमा नेपालमा आर्थिक विकास, लगानी प्रवर्द्धन तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो। संघका तर्फबाट अध्यक्ष डा. केसीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। साथै, गैरआवासीय नेपाली समुदायबाट हुने ज्ञान, सीप र लगानी प्रवाहलाई विश्व बैंकका कार्यक्रमहरूसँग जोड्ने सम्भावनाबारे समेत चर्चा भएको थियो।
त्यस अवसरमा, विश्व बैंकका क्षेत्रीय निर्देशक सिस्लेनले गैरआवासीय नेपाली संघसँग सहकार्य गर्दै नेपालको दिगो विकासका लागि आवश्यक परियोजना तथा प्रयासमा हातेमालो गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
भेटमा एनआरएन डेभलप्मेन्ट फण्डका बारेमा सिइओ अनलराज भट्टराईले जानकारी गराउनुभयो भने संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले संघले विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थासँग गरिरहेको सहकार्यका बारेमा प्रकाश पार्नुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij