Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नवलपरासी कारागारबाट फरार भएका कैदीबन्दी पाल्पाबाट पक्राउ

नवलपरासी कारागारबाट फरार भएका कैदीबन्दी पाल्पाबाट पक्राउ

 नवलपरासी कारागारबाट फरार भएका एकजना कैदीबन्दी पाल्पाबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा भदौ २५ गते नवलपरासी कारागार परासीबाट फरार रहेका पाल्पा बगनासकाली गाउँपालिका वडा ६ बस्ने विकास थापा मगर भन्ने कूल बहादुर बराल रहेका छन्।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले बिहिवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। उनी रुपन्देही जिल्ला अदालतको २०८० असार २८ गतेको फैसला अनुसार जबर्जस्ती करणी मुद्धामा ७ बर्ष २ महिना कैद र ७ लाख जरिबाना फैसला भई नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij